Wednesday, September 17, 2014
आजबाट नयाँ नोट वितरण
सिरहा city । नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण सुरु गरेको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समयमा पूराना नोट लागेर नयाँ साट्न सकिने राष्ट्रबैंकले जनाएको छ । बैंकले पहिलो चरणमा काठमाण्डुुको थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण थालेको हो । बैंकका प्रवक्ता मनोहरकुमार श्रेष्ठले एक व्यक्तिलाई अधिकतम २२ हजार नयाँ नोट उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार नेपाल बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट लिन सकिने छ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले समेत नयाँ नोट बाँड्न पाउने छन् । - See more at: http://www.sirahacity.blogspot.com/2014/09/17
कतारमा घर फर्किन लागेका दुई नेपालीको जलेर मृत्यु
Siraha city, दोहा । मोबाइल चार्ज गर्ने क्रममा भएको आगलागीमा परी बैदेशिक रोजगारीका लागि कतार गएका दुई नेपालीको जलेर मृत्यु भएको छ ।
घर फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) को एउटा भवनमा भएको आगालागीमा परी मृत्यु भएका पाँच जनामध्ये २ जना नेपाली रहेको थाहा भएको हो । उक्त केन्द्रमा गैरकानुनी रुपमा बसोबास गरिरहेका कामदारहरुलाई पक्राउ गरेर घर पठाउनका लागि राख्ने गरिन्छ ।
मृत्यु हुनेमा म्याग्दी सिन्गाढा ७ का ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिरान कपार रहेका छन् ।
गैरकानुनी हैसियतमा काम गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पठाउने तयारी भइरहेको थियो । मृतक नेपालीको शब स्थानीय हमाद अस्पतालमा राखिएको छ ।
नेपाली दुतावासले मृतक नेपालीको परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म शब नेपाल नपठाउने अडान लिएको छ । उक्त केन्द्रमा अहिले पनि २५० भन्दा बढि नेपालीहरु रहेका छन् ।
- See more at: http://www.sirahacity.blogspot.com.com/2014/09/14
किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ?
Siraha city दुर्घटनामा मृत्यूको समाचार छाप्ने नेपालका राष्ट्रिय मिडियाहरु किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ? के यो विभेद होइन् ? यसैले त मधेशी भन्दैछन्– हामीसँग राज्य र खसबादीहरु विभेद गरिरहेका छन् । त्यसैले देशबाट छुट्टिने अधिकार सुनिश्चित गर्नुपर्छ ।’ जनता विभेद सहेर बस्ने तर बौल्न नपाउने नै लोकतन्त्रको परिभाषा हो ? यसको जवाफ आफूलाई ठूला कहलाउने मिडियाका प्रकाशक र सम्पादकहरुले दिन सक्नुपर्छ । मलाई लाग्छ जवाफ दिन नसक्नुकै परिणाम हो यो..........
Sunday, September 14, 2014
Subscribe to:
Posts (Atom)