Wednesday, September 17, 2014
आजबाट नयाँ नोट वितरण
सिरहा city । नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण सुरु गरेको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समयमा पूराना नोट लागेर नयाँ साट्न सकिने राष्ट्रबैंकले जनाएको छ । बैंकले पहिलो चरणमा काठमाण्डुुको थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण थालेको हो । बैंकका प्रवक्ता मनोहरकुमार श्रेष्ठले एक व्यक्तिलाई अधिकतम २२ हजार नयाँ नोट उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार नेपाल बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट लिन सकिने छ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले समेत नयाँ नोट बाँड्न पाउने छन् । - See more at: http://www.sirahacity.blogspot.com/2014/09/17
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment