Wednesday, September 17, 2014
आजबाट नयाँ नोट वितरण
सिरहा city । नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण सुरु गरेको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समयमा पूराना नोट लागेर नयाँ साट्न सकिने राष्ट्रबैंकले जनाएको छ । बैंकले पहिलो चरणमा काठमाण्डुुको थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण थालेको हो । बैंकका प्रवक्ता मनोहरकुमार श्रेष्ठले एक व्यक्तिलाई अधिकतम २२ हजार नयाँ नोट उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार नेपाल बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट लिन सकिने छ । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले समेत नयाँ नोट बाँड्न पाउने छन् । - See more at: http://www.sirahacity.blogspot.com/2014/09/17
कतारमा घर फर्किन लागेका दुई नेपालीको जलेर मृत्यु
Siraha city, दोहा । मोबाइल चार्ज गर्ने क्रममा भएको आगलागीमा परी बैदेशिक रोजगारीका लागि कतार गएका दुई नेपालीको जलेर मृत्यु भएको छ ।
घर फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) को एउटा भवनमा भएको आगालागीमा परी मृत्यु भएका पाँच जनामध्ये २ जना नेपाली रहेको थाहा भएको हो । उक्त केन्द्रमा गैरकानुनी रुपमा बसोबास गरिरहेका कामदारहरुलाई पक्राउ गरेर घर पठाउनका लागि राख्ने गरिन्छ ।
मृत्यु हुनेमा म्याग्दी सिन्गाढा ७ का ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिरान कपार रहेका छन् ।
गैरकानुनी हैसियतमा काम गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पठाउने तयारी भइरहेको थियो । मृतक नेपालीको शब स्थानीय हमाद अस्पतालमा राखिएको छ ।
नेपाली दुतावासले मृतक नेपालीको परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म शब नेपाल नपठाउने अडान लिएको छ । उक्त केन्द्रमा अहिले पनि २५० भन्दा बढि नेपालीहरु रहेका छन् ।
- See more at: http://www.sirahacity.blogspot.com.com/2014/09/14
किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ?
Siraha city दुर्घटनामा मृत्यूको समाचार छाप्ने नेपालका राष्ट्रिय मिडियाहरु किन डा.सीके राउत पक्राउ परेको समाचार छापेन ? के यो विभेद होइन् ? यसैले त मधेशी भन्दैछन्– हामीसँग राज्य र खसबादीहरु विभेद गरिरहेका छन् । त्यसैले देशबाट छुट्टिने अधिकार सुनिश्चित गर्नुपर्छ ।’ जनता विभेद सहेर बस्ने तर बौल्न नपाउने नै लोकतन्त्रको परिभाषा हो ? यसको जवाफ आफूलाई ठूला कहलाउने मिडियाका प्रकाशक र सम्पादकहरुले दिन सक्नुपर्छ । मलाई लाग्छ जवाफ दिन नसक्नुकै परिणाम हो यो..........
Sunday, September 14, 2014
Sunday, September 7, 2014
Wednesday, September 3, 2014
Siraha मेरो सहर्
सधै गुम्ने रहर
बिजुली बती ट्ल्ल्
धारामा पानी खल्ल्
धारामा लेऊ आउदैन्
फोहोर त मेरो सहरमा
खोजेर पनि पाउदैन्
गादीले धुवा फाल्दैन्
अर्काको रिसले सडकमा
कसैले टायर बाल्दैन ।
सधै गुम्ने रहर
बिजुली बती ट्ल्ल्
धारामा पानी खल्ल्
धारामा लेऊ आउदैन्
फोहोर त मेरो सहरमा
खोजेर पनि पाउदैन्
गादीले धुवा फाल्दैन्
अर्काको रिसले सडकमा
कसैले टायर बाल्दैन ।
∂ση'т ¢σρу му ѕтуℓє
Proud to be nepali
Sirahacity,Wow so GOOD NEWS!
संसारको सबैभन्दा फोटोजेनिक (photogenic) देश कुन हो भन्नुस् त?
उत्तर हो हाम्रो जन्मभूमी नेपाल ।
उत्तर हो हाम्रो जन्मभूमी नेपाल ।
Professional photographer Tim Draper ले आफ्नो देश England हुँदै संसारका विभिन्न देशमा गएर फोटो खिचेका रहेछन् । आफ्नो अनुभवको आधारमा, देशको सौन्दर्यको आधारमा, फ़ोटो अत्यन्तै राम्रो आउने आधारमा उनले टप टेन देशहरुको लिस्ट बनाएका छन् जसमा नेपाल नम्बर १ मा परेको छ ।
यो फोटो उनै फोटोग्राफरले नेपालको खुम्बु icefall पुगेर खिचेका हुन् ।
बधाई छ हरेक नेपालीलाई । यस्तो खबर सुन्दा मनभित्रैबाट कस्तो खुशी महशुस हुन्छ है ।
Friday, August 29, 2014
भदौ महिनाभित्र एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी - See more at: Sirahacity.blogspot.com
सिरहाcity १२ काठमाण्डू परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही भदौ महिनाभित्र एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ।
दुई विषयमा असफल भएका विद्यार्थीलाई मौकाको रुपमा पुरक परीक्षा दिने व्यवस्था गरिएअनुसार यस वर्ष एक लाख २० हजार ५४८ जना विद्यार्थीका लागि गत साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिएको थियो।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले उत्तरपुस्तिका परीक्षणका लागि देशभर २१ वटा केन्द्र स्थापना गरिएको जानकारी दिँदै देशका विभिन्न स्थानमा भएको बाढीको प्रकोपका कारण केही केन्द्रमा उत्तरपुस्तिका पु¥याउन असहज भएको बताए। परीक्षाफल यथाशक्य चाँडो प्रकाशन गर्ने लक्ष्यका साथ तीव्र रुपमा काम अगाडि बढाइएको बताए। - See more at: http://sirahacity.blogspot.com
दुई विषयमा असफल भएका विद्यार्थीलाई मौकाको रुपमा पुरक परीक्षा दिने व्यवस्था गरिएअनुसार यस वर्ष एक लाख २० हजार ५४८ जना विद्यार्थीका लागि गत साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिएको थियो।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले उत्तरपुस्तिका परीक्षणका लागि देशभर २१ वटा केन्द्र स्थापना गरिएको जानकारी दिँदै देशका विभिन्न स्थानमा भएको बाढीको प्रकोपका कारण केही केन्द्रमा उत्तरपुस्तिका पु¥याउन असहज भएको बताए। परीक्षाफल यथाशक्य चाँडो प्रकाशन गर्ने लक्ष्यका साथ तीव्र रुपमा काम अगाडि बढाइएको बताए। - See more at: http://sirahacity.blogspot.com
Subscribe to:
Posts (Atom)